राष्ट्रपतिले बोलाइन् फागुन २३ गते ४ बजे संसद् बैठक-Sutra News

राष्ट्रपतिले बोलाइन् फागुन २३ गते ४ बजे संसद् बैठक

सोमबार, १७ फाल्गुन २०७७

सोमबार, १७ फाल्गुन २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।



सरकारले प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठक आह्वानका लागि सिफारिस गरेको थियो ।

संसद् अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ । 

1.1-अधिवेशन-आह्वान_विज्ञप्ति_2077-1489x2048-1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट