थपिए ७३ नयाँ कोरोना संक्रमित-Sutra News

थपिए ७३ नयाँ कोरोना संक्रमित

सोमबार, १७ फाल्गुन २०७७

सोमबार, १७ फाल्गुन २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ४७१ पुगेको छ । देशभर हालसम्म ९६८ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ३ हजार ४९ पीसीआर परक्षिण भएको छ ।

गत २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट