१ लाख दिनुहोस्, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्नुहोस्-Sutra News

१ लाख दिनुहोस्, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्नुहोस्

सोमबार, १७ फाल्गुन २०७७

सोमबार, १७ फाल्गुन २०७७

चितवन- चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाइने जनाएको हो ।



फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियानको घोषणा गर्दै आफ्नो नामको कुर्सी राख्न पाइने जनाएको हो । आफ्नो या परिवारका सदस्यको नामको कुर्सी राख्न १ लाख फाउन्डेसनलाई सहयोग गर्नुपर्ने फाउन्डेसनले जनाएको छ ।

फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक रकम जुटाउन उक्त अभियान थालेको हो । यस अभियानबाट ३ अर्ब संकलन हुने अनुमान गरिएको फाउण्डेशनले जनाएको छ ।

त्यस्तै रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गरिएको छ । फाउन्डेशनले डीपीआर अनुसार रंगशाला निर्माणको कुल लागत ३ अर्ब ५५ करोड रहेको जनाएको छ । तर, २०७७ सम्ममा ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैंया ८० पैसा मात्र आर्थिक संकलन भएको छ । जसमा ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ २३ पैसा खर्च भएको छ ।

रंगशाला निर्माणमा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैंया ४३ पैसा ऋण रहेको फाउन्डेशनले जानकारी दिएको छ । रंगशाला निर्माण कार्यमा मैदानको काम ८५ प्रतिशत सकिएको र प्याराफिट तर्फको काम ३० प्रतिशत काम सम्पन्न भएको फाउन्डेशका अध्यक्ष सीताराम कट्टेलको बताए ।

भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भइरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो । रंगशाला नेपालको मौलिकता झल्कने गरी कमलको फूलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट