बलिउड अभिनेत्री कंगनाविरुद्ध पक्राउ पुर्जी जारी-Sutra News

बलिउड अभिनेत्री कंगनाविरुद्ध पक्राउ पुर्जी जारी

सोमबार, १७ फाल्गुन २०७७

सोमबार, १७ फाल्गुन २०७७

काठमाडौं- बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कंगनाविरुद्ध गीतकार जावेद अख्तरको मुम्बइको एक अदालतमा मानहानी मुद्दा दर्ता गरेका थिए ।



सोमबार अदालतले अभिनेत्री कंगनाविरुद्ध जमानती वारेन्ट (पक्राउ पुर्जी) जारी गरेको हो । मुम्बइको अन्धेरी महानगर मजिस्ट्रेटको अदालतले १ फेब्रुअरीमा कंगनालाई मार्च १ मा अदालतमा पेस हुन आदेश दिएको थियो । सोमबार कंगना अदालतमा पेस नभएपछि अदालतले जमानती वारेन्ट जारी गरेको हो ।

कंगनाको वकिल रिजवान सिद्दीकीले भने अदालतमा कंगनालाई अदालतमा हाजिर हुन आदेश दिनु नै कानुसम्मत नभएको बताएका छन् । उनले अदालतको फैसलाविरुद्ध आफूहरु उच्च अदालत जाने तयारीमा रहेको बताए ।

गीतकार अख्तरका वकिल वृन्दा ग्रोवरले भने कंगनाले प्रक्रियालाई नै चुनौती दिएको आरोप लगाएका छन् । उनले उच्च अदालतले अन्तरिम आदेश नदिए कंगन जसरी पनि अदालत हाजिर हुनुपर्ने बताए ।

कंगानाले आफूविरुद्ध विवादित बयान दिएका कारण आफ्नो पहिचानमा खराब असर पुगेको भन्दै अख्तरले नोभेम्बरमै कंगनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट