प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.रावल-Sutra News

प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.रावल

मंगलबार, १८ फाल्गुन २०७७

मंगलबार, १८ फाल्गुन २०७७

कर्णाली- नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा.मङ्गल रावललाई जिम्मेवारी दिएको छ ।



प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद आइतबारदेखि खाली भएको थियो । प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा.रावललाई सोमबार निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा शिक्षाध्यक्ष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको बताइएको छ ।

चार वर्ष अघिदेखि प्रतिष्ठानमा काम गर्दै आउनुभएका हुम्ला निवासी हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर डा.रावल डेढ वर्षदेखि अस्पताल निर्देशकका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट