विप्लव समूहसँग वार्ताका लागि सरकारद्वारा वार्ता टोली गठन-Sutra News

विप्लव समूहसँग वार्ताका लागि सरकारद्वारा वार्ता टोली गठन

मंगलबार, १८ फाल्गुन २०७७

मंगलबार, १८ फाल्गुन २०७७

काठमाडौं- सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।



सरकारले गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङले विज्ञप्ति जारी गरेर वार्ता समिति गठन गरिएको जानकारी दिएका छन् ।

यसअघि विप्लवले सहज वातावरण भए सरकारसँग वार्ता गर्न तयार रहेको भन्दै वक्तव्य जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट