घुस लिने गाउँपालिका प्रमुख अख्तियारको फन्दामा-Sutra News

घुस लिने गाउँपालिका प्रमुख अख्तियारको फन्दामा

मंगलबार, १८ फाल्गुन २०७७

मंगलबार, १८ फाल्गुन २०७७

काठमाडौं- धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका प्रमुखले घुस लिएको आठ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बरामद गरेको छ ।



भवन निर्माण सम्पन्न भएपछि भुक्तानी दिने बेलामा घुस माग गरेको सूचना पाएर आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले सो रकम र गाउँपालिकाका सवारी चालकलाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार गाउँपालिका प्रमुखले सेवाग्राहीसँग अतिरिक्त रकम मागेको उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले गाडिमा घुस रकम लिएर भाग्दै गरेको अवस्थामा धनुषाको छिरेश्वर नगरपालिका ५ स्थित बाटो छेउमा नगद फ्यालेको अवस्था बरामद गरेको हो ।

गाउँपालिका प्रमुख डम्बरबहादुर राउत क्षेत्री भने फरार भएको आयोगले जनाएको छ । सवारी चालक वीरबहादुर मगरलाई आयोागको टोलीले पक्राउ गरेको रिसालले बताए । आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट