काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं-५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गरेका छन् ।
उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे ।
बिर्तामोड निवासी दुर्गा प्रसाईंका रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो । जसमा तीनसय शय्या छन् । करीब एक वर्षअघि नै सेवा सुरु गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो ।
एक वर्षका अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।