कोरोना ग्राफः ७८ थपिए, ७२ जना निको भए-Sutra News

कोरोना ग्राफः ७८ थपिए, ७२ जना निको भए

मंगलबार, १८ फाल्गुन २०७७

मंगलबार, १८ फाल्गुन २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ ।

देशभर हालसम्म ९७४ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ४ हजार १ सय २७ पीसीआर परीक्षण भएको छ ।

गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४६, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट