काठमाडौं- इन्टरनेटको माध्यमबाट चलचित्र पाइरेसी गरेको आरोपमा लमजुङका सुजन परियार पक्राउ परेका छन् ।
चलचित्र विकास बोर्डले आज पत्रकार सम्मेलन गरेर २५ वर्षीय परियारलाई सार्वजनिक गरेको छ । उनलाई १३ गते नै प्रहरीले पक्राउ गरेको थियो ।
पेशाले शिक्षक रहेका उनी सिनेमा घर गोल्ड एप लगायत अन्य एपहरुले पनि नेपाली चलचित्र पाइरेसी गर्दै बजारमा पठाउँदै आएका थिए ।
यसका साथै उनले मोबाइल र टेलिभिजनको माध्यमबाट टेलिग्राम एप बनाएर पाइरेसी गरेकाले उनीलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनलाई प्रतिनिलिपि अधिकार ऐन २०४९ अनुसार कारबाही गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।