कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना संक्रमणमुक्त-Sutra News

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना संक्रमणमुक्त

मंगलबार, १८ फाल्गुन २०७७

मंगलबार, १८ फाल्गुन २०७७

कर्णाली- कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड-१९ को संक्रमणमुक्त भएका छन् ।



सामाजिक विकास मन्त्रालयकाअनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको हो ।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय संक्रमित रहेको जनाएको छ । हालसम्म सुर्खेतमा तीन हजार २६५ जनामा संक्रमण पुष्टि भएको छ । दैलेखमा एक हजार ६८५, सल्यानमा ६९३, जुम्लामा ४२३, कालीकोटमा ३३३, रुकुम पश्चिममा २५७, जाजरकोटमा १५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा संक्रमण देखिएको थियो ।

अन्य प्रदेशका ५९८ तथा भारतका पाँच जनामा पनि कर्णालीमै कोरोना पुष्टि भएको थियो । प्रदेशमा हालसम्म सात हजार ५५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

तीमध्ये सात हजार ३८१ संक्रमणमुक्त भएका हुन् । कर्णालीमा संक्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ । त्यस्तै, कर्णालीमा कोरोना भाइरसविरुद्धको २६ हजार ९९० जनाले खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट