पार्ट एक नबन्दै ‘गोर्खा वारियर-२’ को निर्माण घोषणा-Sutra News

पार्ट एक नबन्दै ‘गोर्खा वारियर-२’ को निर्माण घोषणा

मंगलबार, १८ फाल्गुन २०७७

मंगलबार, १८ फाल्गुन २०७७

काठमाडौं- नयाँ फिल्म ‘गोर्खा वारियर-२’ को घोषणा भएको छ । मंगलबार काठमाडौं आयोजित एक कार्यक्रमबीच फिल्म निर्माणको घोषणा गरिएको हो ।



निर्देशक मिलन चाम्सले निर्देशन गर्ने उक्त फिल्ममा रेविका गुरुङ र रितेश चाम्सको मुख्य अभिनय रहने छ ।

यसका साथै विजय लामा, रियर राई ,भूवन सिंह राई, शिशिर वाङदेल, बुद्धि तामाङ, कविता आले , विरुप घले, सारा राई लगायतले पनि अभिनय गर्नेछन् ।   

त्यस्तै लन्डन सिनेआई प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा चाम्स इन्टरटेन्मेन्टको समेत सहकार्य रहेको फिल्मको सह-निर्मातामा सुरेश राई र पूर्ण लिम्बु हुन् ।

निर्माता तथा निर्देशकको पाटो सम्हालेका चाम्सले फिल्मको कथा पनि आफैंले लेखेका हुन् ।

साथै यस फिल्मको पटकथा र संवाद मिलन र गिरिराज घिमिरेको रहेको छ । फिल्ममा अर्जुन बि.सीको सम्पादन, सुदिप बरालको छायांकन, एलिस कार्कीको संगीत र हिमाल केसीको द्वन्द्व रहने छ ।

फिल्मले गोर्खलीहरूको बहादुरी तथा वीरताको कथा भन्नेछ । छायांकन नेपाल, मलेसिया र बेलायतमा हुनेछ । फागुन २३ गतेबाट छायांकन सुरु गरिने बताइएको छ । 

यस फिल्मको ४ ओटा सिरिज बन्ने पनि निर्देशक मिलनले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट