काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई काठमाडौं फर्किएका छन् । नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण पूरा भएपछि उनी नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किएका हुन् ।
डा.भट्टराई न्युरो इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि दिल्ली पुगेका थिए ।
यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएकामा न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका थिए । तर,देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुईरतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव छ