काठमाडौं- सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । बिहीबार बिहान बालुवाटारमा भएको वार्तामा यस्तो सहमति भएको हो ।
उक्त सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्बादका माध्यामबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण तरिकाबाट गर्ने र नेपाल सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने लगायतका विषयमा हस्ताक्षर भएको छ ।
सहमतिको विस्तृत विवरण यहि फागुन २१ गते विशेष समारोहका बीच हुने जनाइएको छ ।
उक्त समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच 3 बुँदे सहमतिमा हस्ताक्षर सम्पन्न pic.twitter.com/0UZmc50wMi
— Rajan Bhattarai (@Rajanktm) March 4, 2021