५५३६ मा पिसिआर गर्दा १०७ लाई कोरोना-Sutra News

५५३६ मा पिसिआर गर्दा १०७ लाई कोरोना

बिहिबार, २० फाल्गुन २०७७

बिहिबार, २० फाल्गुन २०७७

काठमाडाैं- नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५५३६ नमूना परीक्षण गर्दा १०७ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७८ जना निको भएर फर्किएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८३ पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट