डा.भट्टराईलाई ज्वरो, अस्पताल भर्ना-Sutra News

डा.भट्टराईलाई ज्वरो, अस्पताल भर्ना

बिहिबार, २० फाल्गुन २०७७

बिहिबार, २० फाल्गुन २०७७

काठमाडौं- कोरोनाविरुद्धको खोप लगाएपछि पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई ज्वरो आएको छ ।



१०४ डिग्रीसम्म ज्वरो आएपछि उनी स्वास्थ्य जाँचका लागि बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । विभिन्न जाँचपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने गरी डा. भट्टराई बिहीबार नै घर फर्किएका छन् ।

हालै भारतको नयाँ दिल्ली पुगेर स्वास्थ्य जाँच गरेर फर्किएका उनलाई सामान्य ज्वरो आइरहेको थियो । सोही अवस्थामा बुधबार कोरोनाविरुद्धको खोप लगाएपछि ज्वरो बढेको उनका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए ।

डा.भट्टराईको स्वास्थ्यलाई शिक्षण अस्पतालका साथै वीर अस्पतालका केही चिकित्सकहरुले निगरानी गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट