काठमाडौं- शैक्षिक क्षेत्रका विभिन्न माग राखी नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले ३० दिनदेखि गरिरहेको रिले अनसनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ऐक्यबद्धता जनाएका छन् ।
बिहीबार दिउँसो अनसनस्थल पुगेका नेपालले अनसनमा ऐक्यबद्धता जनाउँदै नेविसंघले राखेका मागहरूप्रति आफ्नो समर्थन रहेको बताएका हुन् ।
राजनीतिक नियुक्तिले विश्वविद्यालयहरू बिग्रिएको जनाउँदै उनले तत्काल नेविसंको माग पूरा गर्नुपर्ने धारण व्यक्त गरेका थिए ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड-१९ को कारणले लामो समयपछि भएको परीक्षा र त्रिविको नजिता प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरुको शैक्षिकसत्र गुम्ने अवस्था भएकोले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्ने लगायत माग राख्दै नेविसंघले एक महीनादेखि उपकुलपति कार्यालयको परिसरमा रिले अनसन जारी राखेको छ ।