भक्तपुर- कोरोनाविरुद्धको खोप दिन ४२ केन्द्र तोकिएको छ । फागुन २३ गतेदेखि सुरु हुने ६५ वर्षमाथिका सम्पूर्ण सर्वसाधारणका लागि खोप केन्द्र तोकिएको हो ।
जिल्ला स्वास्थ कार्यालय कटुन्जे भक्तपुरले बिहीबार पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममार्फत सो जानकारी दिइएको छ ।
जिल्लाका चाँगुनारयण नगरपालिकामा ११, सूर्यविनायक नगरपालिकामा ११, मध्यपुर थिमी नगरपालिकामा १० र भक्तपुर नगरपालिकामा १० गरी जिल्लाका चारवटा नगरपालिकामा गरी कुल ४२ वटा केन्द्रमार्फत जिल्लाभरका ६५ वर्षमाथिका सर्वसाधारणलाई खोप दिइने नागरिक दैनिकमा प्रकाशित छ ।