नेपालको शान्ति प्रक्रिया सम्पन्न भयोः प्रधानमन्त्री-Sutra News

नेपालको शान्ति प्रक्रिया सम्पन्न भयोः प्रधानमन्त्री

शुक्रबार, २१ फाल्गुन २०७७

शुक्रबार, २१ फाल्गुन २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले फेरि एकपटक साहसी कदम चालेको बताएका छन् ।



उनले विप्लवसँगको सहमतिसँगै नेपालको शान्ति प्रक्रिया अन्तिम किस्तामा सम्पन्न भएको पनि बताए ।

सरकार र नेकपाबीच भएको सहमतिपत्रमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेकपाका महासचिव विप्लव जीलाई बधाईं भन्न चाहन्छु । स्वागत छ । शुभकामना छ । एकपटक फेरि साहसी कदम चाल्नु भएको छ ।’

प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए । अब नेपालमा हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताए ।

उनले भने, ‘यो योगदानका लागि विप्लवजीलाई धन्यवाद भन्न चाहन्छु । यो साहसी कदम हो। जो कोहीले यो गर्न सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट