पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिए-Sutra News

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिए

शुक्रबार, २१ फाल्गुन २०७७

शुक्रबार, २१ फाल्गुन २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ७६६ पुगेको छ ।

देशभर हालसम्म ८३२ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ६ हजार १ सय ४३ पीसीआर परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४६, ललितपुरका ५ तथा भक्तपुरका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट