सुदर्शनलाई भेट्न नख्खु कारगार पुगे विप्लव-Sutra News

सुदर्शनलाई भेट्न नख्खु कारगार पुगे विप्लव

शनिबार, २२ फाल्गुन २०७७

शनिबार, २२ फाल्गुन २०७७

काठमाडौं- आफ्ना पार्टीका नेता भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नख्खु कारगार पुगेका छन् ।



विप्लवले शनिबार नख्खु कारगारमा थुनामा रहेका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका हुन् ।

ओलीलाई भेट्न विप्लवसहित खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने समेत गएका थिए । शुक्रबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको थियो ।

नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा ओली पक्राउ परेका थिए । २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका उनी त्यसयता पुर्पक्षका लागि थुनामा छन् ।

सरकारले प्रक्रिया पूरा गरेर थुनामा रहेका विप्लवका सबै कार्यकर्तालाई रिहा गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट