तीन हजार ५३५ परीक्षणमा ४७ जना सङ्क्रमित, ६२ सङ्क्रमित निको-Sutra News

तीन हजार ५३५ परीक्षणमा ४७ जना सङ्क्रमित, ६२ सङ्क्रमित निको

शनिबार, २२ फाल्गुन २०७७

शनिबार, २२ फाल्गुन २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसका ४७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ५३५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ८२८ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ ।

हालसम्म २१ लाख ८८ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयकाअनुसार हाल ८१७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ५५ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट