काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको सो दलले जनाएको छ ।
नेकपाका एक सांसदका अनुसार आजको बैठकमा ११५ जना सांसदको सहभागिता रहेको जानकारी दिए ।
संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले उत्साहकासाथ अघि बढ्न सांसदहरुलाई आग्रह गरे ।
आफूहरु देश र जनताको पक्षमा रहेकाले चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताउँदै प्रधानमन्त्री ओलीले सरकार र पार्टीको पक्षमा एकताबद्ध र सक्रिय भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिए ।
भोलि आइतबार बस्ने संसद बैठकमा दलको तर्फबाट गरिएको छलफल र निर्देशनका आधारमा सांसदहरुले आफ्नो भूमिका निर्वाह गर्ने बताइएको छ ।