कैलाली- धनगढी उपमहानगरपालिका-४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।
चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर उद्योगमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् ।
धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल तथा एउटा स्काभेटरका सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट करोडभन्दा बढीको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् ।
सञ्चालककाअनुसार उद्योगमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
आगलागीबाट भएको क्षतिको विवरण र कारण खुल्न भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।