1- दत्तिवनको १० ग्राम धूलोमा २५० मिलिलिटर पानी मिलाई ३-४ पटक मुख कुल्ला गर्नाले रगत बग्न कम हुन्छ ।
2- बिहान-साँझ दिनमा २ पटक कागतीको रसले मुखमा हल्का मालिस गर्नाले लाभ मिल्दछ ।
3- नागकेशर र रक्तचन्दनलाई समान मात्रामा मिलाई धुलो पाउडर बनाउनुहोस् । उक्त धुलोमा केही मात्रामा मह मिलाई दाँत माझ्नाले दाँतसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।
4- फिटकिरी, सौफ, कालो मरिच, पिपल, अमला, सेतो नुन र सुपारीलाई समान मात्रामा मिलाई धुलो ९पाउडर० बनाई ब्रस गर्नाले दाँतबाट रगत आउन कम हुनका साथै दाँतसम्बन्धी सम्पूर्ण रोगविरूद्ध लड्न मद्दत मिल्छ ।
साभार: ‘मेरो डाक्टर’ पुस्तकबाट