चितवन- पूर्व-पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ ।
शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालकाअनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो ।
बच्चाको मुखमा चोट लागेको उनले जानकारी दिए । रातको समयमा चितुवाको बच्चा मृत भेटिएपछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको उनले जानकारी दिए । ठक्कर दिने सवारी चालकको खोजी भइरहेको उनले बताए ।