काठमाडौं- गृहमन्त्री रामबहादुर थापा (बादल) ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गृहमन्त्री थापाले आज बिहान कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन् ।
मन्त्री थापाले काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् । संघीय संसदको प्रतिनिधिसभा बैठक अगाडि सभामुखसहित सबै सांसद र मन्त्रीहरुलाई खोप लगाउन सुरु गरिएको थियो ।
सभामुखसहित दलका शीर्ष नेताहरूले बुधबार नै नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाएका थिए ।