काठमाडौं- आधिकारिक नेकपा कुन हुने ? भन्ने सम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदालतले आज फैसला गर्ने भएको छ ।
केपी ओली र प्रचण्डले पार्टी एकीकरण गरी ‘नेकपा’ नाम राखेपछि ऋषिराम कट्टेलले आफ्नाे पार्टीसँग नाम मिलेको भन्दै २१ मंसीर ०७५ मा सर्वोच्चमा मुद्दा हालेका थिए ।
सर्वोच्चले २० फागुनमा उक्त मुद्दाको फैसला सुनाउने निर्णय गरेको थियो । सर्वोच्च अदालतका पूूर्वप्रधानन्याधीश सुरेन्द्रपताप सिंहको निधन भएपछि २० फागुनमा सर्वोच्चले शोक बिदा दिएकाले फैसलाको अर्को मिति आजलाई तोकेको हो ।
निर्वाचन आयोगले ओली र प्रचण्डलाई आफ्नो पार्टीको नाम नेकपा दिएको भन्दै आयोगविरुद्ध कट्टेलले अदालतमा दिएको मुद्दामा १३ फागुनमै सर्वोच्चले सुनुवाइ सकेको थियो ।