प्रचण्ड-नेपाल पक्षको सूचना दर्ता गर्न संसद सचिवालयले मानेन-Sutra News

प्रचण्ड-नेपाल पक्षको सूचना दर्ता गर्न संसद सचिवालयले मानेन

आइतबार, २३ फाल्गुन २०७७

आइतबार, २३ फाल्गुन २०७७

काठमाडौं- नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिएको भन्ने प्रचण्ड-नेपाल पक्षको सूचनालाई संघीय संसद सचिवालयले दर्ता गर्न अश्वीकार गरेको छ ।



दलको बैठकलगत्तै बहुमत सांसदको हस्ताक्षर रहेको दाबीसहित प्रचण्ड र माधव नेपाल सहितका नेताहरु संसद सचिवालयमा सो जानकारी दर्ता गराउन संसदका महासचिव समक्ष पुगेका थिए ।

महासचिव भरतराज गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान समेत बुझेर आवश्यक कारबाही अघि बढाउने बताएपछि ठूलो स्वरमा चर्काचर्की परेको छ । नेताहरुले आफूहरु वैधानिक भएको भन्दै मान्यता दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट