काठमाडौं- नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिएको भन्ने प्रचण्ड-नेपाल पक्षको सूचनालाई संघीय संसद सचिवालयले दर्ता गरेको छ ।
दलको बैठकलगत्तै बहुमत सांसदको हस्ताक्षर रहेको दाबीसहित प्रचण्ड, माधव नेपालसहितका नेताहरु संसद सचिवालयमा सो जानकारी दर्ता गराउन संसदका महासचिवसमक्ष पुगेका थिए ।
केहीबेरअघि सूचना दर्ता गरिएको प्रचण्ड-नेपाल पक्षका एक नेताले जानकारी दिए ।
महासचिव भरतराज गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान समेत बुझेर आवश्यक कारबाही अघि बढाउने बताएपछि ठूलो स्वरमा चर्काचर्कीसमेत परेको थियो ।
निवेदन दर्ता नभई आफूहरू बाहिर ननिस्कने भन्दै नेताहरूले दबाब दिएका थिए ।