प्रतिनिधिसभाको बैठक प्रत्यक्ष प्रशारण-Sutra News

प्रतिनिधिसभाको बैठक प्रत्यक्ष प्रशारण

आइतबार, २३ फाल्गुन २०७७

आइतबार, २३ फाल्गुन २०७७

काठमाडौं- पुनःस्थापनापछिको पहिलो प्रतिनिधिसभा बैठक सुरु भएको छ । आज अपराह्न संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु भएको हो ।



संसद सचिवालयका अनुसार आज बैठकमा सभामुखले राष्ट्रपतिको पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

यसअघि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने तेस्रो कार्यसूची भएपनि त्यसलाई हटाइएको छ ।

यसबाहेक विभिन्न अध्यादेश पेश हुने सम्भावित कार्यसूची छ । सत्तारुढ दलभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । सर्वोच्च अदालतले उक्त निर्णय बदर गर्दै बैठक आह्वान गर्न आदेश गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट