संसद् बैठकमै ओली र प्रचण्ड पक्षबीच विवाद-Sutra News

संसद् बैठकमै ओली र प्रचण्ड पक्षबीच विवाद

आइतबार, २३ फाल्गुन २०७७

आइतबार, २३ फाल्गुन २०७७

काठमाडौं- प्रतिनिधिसभा बैठक शुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लाग्दा प्रचण्ड-नेपाल पक्षका सांसदहरूले उठेर विरोध जनाएका छन् ।



सभामुखले सांसद भीम रावललाई बोल्न समय दिएका छन् । रावलले सभामुखले दिएको ३ मिनेटभन्दा बढी समय लाग्न सक्ने भन्दै बोल्न सुरु गरेका छन् ।

रावलले दिवंगत सांसद एवं पूर्व सांसदहरुलाई शोक प्रस्ताव पारित गर्ने बाहेकका कार्यसूची नराख्न माग गरेका छन् ।

रावलले बोल्दै गर्दा ओली पक्षका सांसदहरुले नियमापत्ति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट