संसदमा कांग्रेसले भन्यो- अध्यादेश खारेज गर-Sutra News

संसदमा कांग्रेसले भन्यो- अध्यादेश खारेज गर

आइतबार, २३ फाल्गुन २०७७

आइतबार, २३ फाल्गुन २०७७

काठमाडौं- नेपाली कांग्रेसले आइतबारको संसद बैठकमा संवैधानिक परिषद् ऐन अध्यादेश खारेज हुनुपर्ने माग राखेको छ । अध्यादेश संविधानको प्रतिकूल भएकालवे फिर्ता हुनुपर्ने माग कांग्रेस सांसदले राखेका हुन् ।



संसदमा बोल्दै कांग्रेस सांसद बालकृष्ण खाँडले संविधानमा संवैधानिक परिषद्को जुन बनोट छ सरकारले ल्याएको अध्यादेश त्यसको प्रतिकूल भएको बताए ।

सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै सरकारले तत्काल फिर्ता लिनुपर्ने उनले माग गरे ।

‘प्रतिनिधिसभाले संविधानलाई ट्रयाकमा लिएर जाने हामी सबैको दायित्व हो,’ उनले भने, ‘सरकारले ल्याएको असंवैधानिक अध्यादेश स्वीकार्नै सकिँदैन् ।’ एकचोटी फर्काएको अध्यादेश फेरि ल्याइएको उल्लेख गर्दे उनले भने, ‘सरकारले पनि असंवैधानिक भनेर एक पटक फिर्ता गरेको हो । यो प्रक्रियालाई अघि बढाउने क्रममा हाम्रो सहयोग रहँदैन् । फिर्ता हुनैपर्छ र त्यसमा हामी दृढ छौं ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट