अदालतको फैसलाले अन्योल सिर्जना भयो: डा.भट्टराई-Sutra News

अदालतको फैसलाले अन्योल सिर्जना भयो: डा.भट्टराई

आइतबार, २३ फाल्गुन २०७७

आइतबार, २३ फाल्गुन २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अदालतको फैसलाले अन्योल सिर्जना भएको बताएका छन् ।



आइतबार सर्वोच्च अदालतले ‘नेकपा’ नामको आधिकारिक पार्टी ऋषिराम कट्टेलको भएको फैसला गरेको थियो ।

अदालतको फैसलाले सत्तारुढ नेकपा (केपी ओली र प्रचण्ड-माधव पक्ष) लाई प्रभावित तु्ल्याएको छ । यी दुई पक्षले ‘नेकपा’ आधिकारिकताको दाबी गर्दै आएका थिए ।

सर्वोच्चले साविक नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको छ । अदालतको पछिल्लो फैसलाले सरकारको नेतृत्व गर्ने पार्टी कुन हो भन्ने प्रश्न उठाएको छ ।

सर्वोच्चको फैसलापछि संक्षिप्त प्रतिक्रिया दिदै सांसद समेत रहेका डा.भट्टराईले नेपाली राजनीतिमा थप अन्योलता सिर्जना भएको बताए ।

उनले भने, ‘सर्वोच्चको पछिल्लो फैसलाले थप अन्योल सिर्जना गरेको छ । संविधानअनुसार सरकारले बहुमत मागेको छ र अल्पमतको सरकार भइसकेपछि सरकार परिवर्तन गर्ने प्रक्रिया अगाडि बन्नुपर्ने हुन्छ ।’

जसपा सत्ताको खेलमा नरहेको प्रस्ट पार्दै डा.भट्टराईले जसपा सरकारको दाबी गर्नेभन्दा मुद्दा केन्द्रित पार्टी भएको बताए ।

उनले थप भने, ‘जसपा सत्ताको दाबी गर्ने पार्टी होइन । यो मुद्दा केन्द्रित पार्टी हो । नेपालमा संरचनात्मक समस्या छन्, शान्ति प्रक्रियाका बाँकी काम, संविधानको अपूर्णता, राज्यका अंगहरूका अपूर्णतालगायतमा पूर्णता दिने गरी हामी आफ्नो मुद्दा उठाउँछौं हामी अहिले सत्ताको खेलमा छैनौं ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट