स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार-Sutra News

स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार

सोमबार, २४ फाल्गुन २०७७

सोमबार, २४ फाल्गुन २०७७

कर्णाली- गुराँस गाउँपालिका–८ दैलेख धरम पोखरामा ६०० ले स्वास्थ्योपचार सेवा लिएका छन् । कर्णाली प्रदेश प्रहरी श्रीमती सङ्घद्वारा आइतबार यहाँ आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६०० स्थानीयवासीले उपचार सेवा लिएका हुन् ।



कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त, श्रीमती सङ्घका अध्यक्ष अजिता लोहनी पन्त र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसहित सहभागी रहेको उक्त निःशुल्क शिविरमा ६०१ स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

६ डाक्टर तथा सात प्यारामेडिक्स गरी १३ जनाको टोलीले उक्त शिविरमा स्त्रीरोग तथा जनरल फिजिसियन र दाँतसम्बन्धी रोगको निःशुल्क उपचार गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए । उनकाअनुसार शिविरमा ४२९ महिला र १७२ ले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट