काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेकपाको साधारण सदस्य पनि नरहेको बताएका छन् । उनले आफू कुन पार्टीको हो भनेर सोध्न सर्वोच्च अदालत जान प्रचण्ड-माधव समूहलाई सुझाव दिए ।
‘हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधेको सुनेँ, मैले उहाँहरूलाई सोध्नु नपरोस् तपाईंहरू कुन पार्टीको हो ओलीले भने, ‘मलाई नेकपाको साधारण सदस्यबाट निकाल्या रे ! म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो नि त म कुन पार्टीको सदस्य हो, कुन पार्टीको अध्यक्ष हो ।’ प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने ।
नारी दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हुँदा-हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाऊँ रे ! सर्वोच्चमा सोध्न जानु कुन पार्टीको हो ।’ उनले आफूले हारे पनि सर्वोच्चको फैसलाको सम्मान गर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाउँदै ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज गर्ने फैसला गरेको थियो ।