काठमाडौं- नेकपालाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेपछि छलफलका लागि प्रचण्ड-माधव पक्षका स्थायी कमिटी बैठक शुरु भएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार सर्वोच्च अदालतको पछिल्लो फैसला बारे छलफल गर्न बैठक बोलाइएको हो ।
सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई दिएपछि सत्ताधारी नेकपाको एकीकरण संकटमा परेको छ ।
साविककै एमाले र माओवादी केन्द्र ब्युँतिने फैसला अदालतको छ ।