थपिए ६६ कोरोना संक्रमित, ५८ जना निको भए-Sutra News

थपिए ६६ कोरोना संक्रमित, ५८ जना निको भए

सोमबार, २४ फाल्गुन २०७७

सोमबार, २४ फाल्गुन २०७७

काठमाडाैं- नेपालमा थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ७२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५८ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ८८६ पुगेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट