प्रचण्ड-माधव समूहको निर्णय: एमाले एमालेतिर र माओवादी माओवादीतिरै अलग भएर जाने-Sutra News

प्रचण्ड-माधव समूहको निर्णय: एमाले एमालेतिर र माओवादी माओवादीतिरै अलग भएर जाने

सोमबार, २४ फाल्गुन २०७७

सोमबार, २४ फाल्गुन २०७७

काठमाडौं- साविकको नेकपा (प्रचण्ड-माधव समूह)को स्थायी कमिटी बैठकले नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने भएका छन् ।



पेरिसडाँडामा सोमबार बसको प्रचण्ड-माधव समूहको बैठले एमाले र माओवादी केन्द्र अलग भएर जाने निष्कर्षमा पुगेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

‘अब हामी पार्टीभित्रै संघर्ष गर्छौं र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग राख्छौं,’ उनले भने ।

सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो ।

सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट