काठमाडौं– साविकको नेकपा (प्रचण्ड–माधव समूह)को स्थायी कमिटी बैठकले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने भएका छन् ।
पेरिसडाँडामा सोमबार बसको प्रचण्ड–माधव समूहको बैठले एमाले र माओवादी केन्द्र अलग भएर जाने निष्कर्षमा पुगेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
‘अब हामी पार्टीभित्रै संघर्ष गर्छौं र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग राख्छौं,’ उनले भने ।
सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड–माधव समूहले पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको थियो ।