काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले एक गोल गरे । एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।
३१औँ मिनेटमा बेन गडफ्रीको आत्मघाती गोलबाट चेल्सीले अग्रता बनाएको थियो । ६७औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० को सहज जित दिलाए ।
जितसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २८ खेलबाट ५० अंक भएको छ । एभर्टन ४६ अंकसहित सातौँ स्थानमा छ ।