हर्रोलाई पिसेर धुलो बनाउनुहोस्, उक्त धुलोलाई गुडमा मिलाई दिनको २ पटक खानाले कलेजो सुन्निएको निको हुन्छ ।
– कालो मरिच, सौफ, मिश्रीलाई बराबर मात्रामा मिलाई धुलो बनाउनुहोस् उक्त धुलोलाई २ चम्चा कागतीको रससँग खाना खानुभन्दा अगाडि खानाले कलेजो सुन्निन कम हुन्छ ।
– सुकेको अमलाको धुलो एक गिलास तातो पानीसँग खाली पेटमा खानाले कलेजोसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।
– पिसेको हलेदो २ चम्चा महमा मिलाई खानाले कलेजो सुन्निन कम हुन्छ ।
– मेहेन्दीको पातलाई रातको समयमा माटोको भाँडोमा भिजाई छानेर बिहान बेलुका खानु लाभदायक हुन्छ ।
– सुहागमा मह मिलाई खानु कलेजो सुन्निन रोक्ने उत्तम उपाय हो ।
‘मेरो डाक्टर’ पुस्तकबाट