स्याटेलाइट राख्न ५ परामर्शदाता अन्तिम सूचीमा-Sutra News

स्याटेलाइट राख्न ५ परामर्शदाता अन्तिम सूचीमा

मंगलबार, २५ फाल्गुन २०७७

मंगलबार, २५ फाल्गुन २०७७

काठमाडौं- स्याटेलाइट राख्न ५ परामर्शदाता अन्तिम सूचीमा परेका छन् ।



सरकारले दुई वर्षभित्र राख्ने भनी घोषणा गरेको नेपालको आफ्नै स्याटलाइटको नियमन र सुरक्षा गर्ने नीति, व्यापार तथा सञ्चालन मोडालिटी तयार पार्न चार अन्तर्राष्ट्रिय परामर्शदाता अन्तिम सूचीमा परेका हुन् ।

नेपाल दुरसञ्चार प्राधिकरणले पुस १ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दे आशयपत्र मागेको थियो । नौ कम्पनीले इच्छा देखापनि परामर्शदाता कम्पनीको योग्यता, अनुभव र क्षमताका आधारमा ५ कम्पनीलाई अन्तिम सूचीमा राखिएको प्राधिकरणले जनाएको छ ।

फ्रान्सको युरोकन्सल्ट, दुर्बइको एसथ्री टेल, अमेरिकाको स्पेस पार्टनरसिप ,बेलायतको लन्डन इकोनोमिक्स लिमिटेड र भारतको केपीएमजी एसुरेन्स एन्ड कन्सलल्टेन्सी सर्भिस अन्तिम सूचीमा छानिएका कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट