फिल्म ‘ए मेरो हजुर–४’ को प्रदर्शन मिति तय-Sutra News

फिल्म ‘ए मेरो हजुर–४’ को प्रदर्शन मिति तय

मंगलबार, २५ फाल्गुन २०७७

मंगलबार, २५ फाल्गुन २०७७

काठमाडौं- फिल्म ‘ए मेरो हजुर–४’ को प्रदर्शन मिति तय गरिएको छ । सोमबार निर्माण टिमले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको घोषणा गरेको हो ।



आगामी वर्ष महिलाहरुको महान् चाड हरितालिका तिजलाई लक्षित गरी भाद्र १८ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको छ ।

अभिनेता अनमोल केसी तथा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा रहेको फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी छिन् । सार्वजनिक पोस्टरमा अनमोल र सुहाना रोमान्टिक अन्दाजमा देखिएका छन् ।

तर फिल्मको छायांकन भने अझै सकिएको छैन । कोरोनाका कारण छायांकन लम्बिएको थियो । लकडाउन अगाडि ५० प्रतिशत सकिएको थियो । चैत पहिलो साताभित्र फिल्मको बाँकि छायांकन सक्ने निर्माण टिमको योजना छ ।

अनमोल र सुहानाका साथमा फिल्ममा अभिनेता सलोन बस्नेत र मोडल तथा गाएक गुर्देश थापाको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट