काठमाडौं- माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठकले कुनै निर्णय भने गर्न सकेन ।
उसले सदन र सरकार सञ्चालनको लागि कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय नै प्रमुख रहेको जनाएको छ ।
केपी ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता पनि नलिने पनि भएको छ । उसले एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको छ ।
आजको बैठकले २९ फागुनमा केन्द्रीय कमिटीको बैठक र १ चैत्र मा प्रशिक्षण भेला गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।