काठमाडौं- निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलामा टेक्दै नेकपा एमाले केपी ओली र नेकपा माओवादी केन्द्र प्रचण्डलाई दिने निर्णय गरेको छ ।
नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्ने निर्णय पनि आयोगले गरेको छ । एमाले र माओवादी केन्द्रबीच एकीकरण गर्नुपर्ने भए १५ दिनको समयसीमाभित्र निवेदन दिन भनेको आयोगले भनेको छ ।
आयोगले सन्ध्या तिवारीलाई नेकपा एमाले र गोपाल किराँतीलाई माओवादी केन्द्रको नाम दिन अस्वीकार गर्दै नयाँ नाम ल्याउन निर्देश गरेको छ ।