कस्तो छ नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था ?-Sutra News

कस्तो छ नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था ?

मंगलबार, २५ फाल्गुन २०७७

मंगलबार, २५ फाल्गुन २०७७

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा ५९ मा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई हजार ७१५ को स्वास्थ्य परीक्षण गर्दा २५ महिला र ३४ पुरुष गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।



त्यस्तै कोरोनाको कारण मृत्यु हुनेको थप संख्या एक रहेको छ । त्यस्तै थप ६० जना निको भएका छन् । आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको छ । अहिले देशभर ८७० सक्रिय संक्रमित छन् ।

उनीहरुमध्ये ५६ क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २१ लाख ९९ हजार ९५० को पिसिआर परीक्षण भएको छ । हालसम्म तीन हजार १२ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट