दुईवर्ष बित्यो, सकिएन ‘सम्हालिन्छ कहिले मन’ को छायांकन-Sutra News

दुईवर्ष बित्यो, सकिएन ‘सम्हालिन्छ कहिले मन’ को छायांकन

मंगलबार, २५ फाल्गुन २०७७

मंगलबार, २५ फाल्गुन २०७७

काठमाडौं । दुई वर्षअघि निर्माण घोषणा भएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को छायांकन अझै सकिएको छैन ।



सुर्दशन थापा निर्देशित उक्त फिल्मको दुई वर्षअघि लण्डनबाट छायांकन सुरु भएको थियो । तर अझै पनि फिल्मको केही प्रतिशत छायांकन बाँकी नै छ ।

लभस्टोरी जनरको फिल्ममा अभिनेताद्वय आकाश श्रेष्ठ, सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा देखिदै छन् ।आइतबार फिल्मको बाँकी छायांकनका लागि पूजा र आकाश साथै निर्माण टिम दुबई उडेका छन् ।

दुबईको विभिन्न स्थानमा फिल्मको दुई साता लामो छायांकन हुनेछ । यसका साथै फिल्मको सम्पूर्ण छायांकन सकिने बताइएको छ ।

अभिनेत्री पूजाले नै दुबईको छायांकनपछि फिल्मको सम्पूर्ण छायांकन सकिने बताएकी हुन् । लण्डन, दुबई साथै नेपालका विभिन्न स्थानमा पनि फिल्मको छायांकन गरिएको छ ।

छायांकन सकिए लगत्तै बाँकी काम सकाएर फिल्म रिलिज गर्ने निर्माण टिमको तयारी छ । तर फिल्मको रिलिज मिति भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट