स्थानीय जनप्रतिनिधिका सहयोगीलाई पनि मासिक खर्च-Sutra News

स्थानीय जनप्रतिनिधिका सहयोगीलाई पनि मासिक खर्च

बुधबार, २६ फाल्गुन २०७७

बुधबार, २६ फाल्गुन २०७७

काठमाडौं- सरकारले स्थानीय जनप्रतिनिधिले विधिवत् रुपमा निजी सचिवालयका लागि सहयोगी पाउने नमुना कानुनी दस्ताबेज तयार गरेको छ ।



संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको गाउँपालिका/नगरपालिकाको कार्यसञ्चालन निर्देशिका ०७७ ले स्थानीय तहका जनप्रतिनिधिका निजी सचिवालयका सहयोगीका लागि मासिक बजेट उपलब्ध गराउने विधिवत् बाटो तय गरिदिएको हाे ।

जसअनुसार महानगर प्रमुखको निजी सचिवालय सहयोगीका लागि बढीमा मासिक ३० हजार, उपमहानगर प्रमुखका लागि २५ हजार, नगर प्रमुखका लागि २० हजार र गाउँपालिकाको अध्यक्षका लागि १८ हजार रूपैयाँ पाउने छन् । त्यसैगरी महानगर/उपमहानगर/नगरका उपप्रमुखको निजी सचिवालय सहयोगीका लागि बढीमा मासिक क्रमशः २५/२०/१८ र गाउँपालिकाको उपाध्यक्षका लागि १५ हजार पाउने कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट