माओवादी केन्द्र सत्तापक्षकै बेन्चमा-Sutra News

माओवादी केन्द्र सत्तापक्षकै बेन्चमा

बुधबार, २६ फाल्गुन २०७७

बुधबार, २६ फाल्गुन २०७७

काठमाडौं- नेकपा विवादको फैसलापछि ब्युँतिएको नेकपा माओवादी केन्द्र आजको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेसँगै सत्ता पक्षकै बेन्चमा बस्ने भएको छ ।



सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी दुबैलाई साविककै अवस्थामा फर्काइदिएपछि प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्र सत्ता पक्षको सिटमा बस्छ कि विपक्षीको सिटमा बस्छ भन्नेबारे सबैको चासो थियो ।

उता मंगलवार निर्वाचन आयोगले पनि सर्वोच्चकै फैसलाअनुसार नेकपा एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा फर्किएको विवरणसहितको पत्र संसद सचिवालयमा बुझाइसकेको छ ।

संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेका अनुसार ‘नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको कारण आज हुने प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्र सत्ता पक्षकै सीटमा बस्छ । जब उसले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ अनिमात्र उहाँहरुलाई प्रतिपक्षको सीटको व्यवस्था गरिने छ ।’

साविकका माओवादी केन्द्रका नेताहरू वर्तमान सरकारमा सहभागी छन् ।

रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री, प्रभु शाह सहरी विकास मन्त्री, मणिचन्द्र थापा खानेपानी मन्त्री, गौरीशंकर चौधरी र दावा लामा तामाङ माओवादी केन्द्रका सदस्यहरू हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट